‘परदेशी २’हेर्न अभिभावक चाहिने
प्रदर्शनको झण्डै ३ साताअघि आइतवार साँझ चलचित्रको सेन्सर गराइएको थियो । सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन । सेन्सर बोर्डले पीजी सर्टिफिकेट प्राप्त गरेको छ।
सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए । मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरुले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।
‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरु चल्छ भनेर शुभकामना दिनुभयो ।’
चलचित्रको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।
चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।
युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । गायनमा स्थापित प्रकाशको यो डेब्यु चलचित्र हो । विभिन्न हिसावले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रुपमा हेरिएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारकम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित
- समाचार२०८० चैत्र १५, बिहीबारआशा जगाउने गरी काम गरौँ : प्रधानमन्त्री (भिडियोसहित)
- समाचार२०८० चैत्र १५, बिहीबारबागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति