२० सूत्रीय माग पूरा नभएपछि नेविसंघले थाल्यो त्रिविमा तालाबन्दी, के–के छन् माग ?

२० सूत्रीय माग पूरा नभएपछि नेविसंघले थाल्यो त्रिविमा तालाबन्दी, के–के छन् माग ?
काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)भित्र बढ्दै गइरहेकोे वेथिति अन्त्यको माग गर्दै गत असार २६ गते त्रिविमा पुगी उपकुलपतिलाई २० सूत्रीय ज्ञापन पत्र बुझायो। तर, शैक्षिक सवाल र विद्यार्थी हक हितसँग सम्बन्धित महत्वपूर्ण मागलाई उपकुलपतिले बेवास्ता गरेको भन्दै नेविसंघले त्रिविमा ताला लगाउने काम थालेको छ।
गत आइतबार नेविसंघले माग सम्बोन्धन नभएको भन्दै त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगायो। यसअघि त्रिवि समितिले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको थियो। ‘त्रिविले पारदर्शी काम नगरेसम्म आन्दोलन जारी रहन्छ’ नेविसंघका महामन्त्री मनोज वैद्य त्रिविले सबै काम पारदर्शी ढंगले नगरेसम्म विरोध जारी राख्ने बताउँछन्।
‘त्रिविले हालै गरेको पदाधिकारीको नियुक्ति पारदर्शी मापदण्डमा छैन,’ उनले भने,‘पार्टीको कार्यकर्तालाई मात्रै भर्ती गराइयो। यसरी त्रिविमा धेरै बेथिति बढ्दै गएका छन्। त्रिविमा जे जति काम हुन्छ सबै पारदर्शी ढंगले हुनुपर्छ भन्ने हाम्रो माग हो।’ उनले २० सूत्रीय माग राखे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताए। उनले भने,‘हामीले २० सूत्रीय माग राखेका थियौँ। तर, बेवास्ता गरियो। अहिले ताला लगाउने मात्रै काम भएको छ।
माग सुनुवाइ नभए कसरी आन्दोलन अगाडि बढाउने भनेर छलफल गरिरहेका छौँ। माग सुनुवाई नभएसम्म आन्दोलन जारी रहन्छ।’

यस्ता छन् २० सूत्रीय माग

१. विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्वपूर्ण प्राज्ञिक नेतृत्वको छनोट एवं नियुक्ति गर्दा निश्चित एवं पारदर्शी मापदण्ड अपनाउने। वरिष्ठता, जेष्ठता एवं कार्य क्षमतालाई आधार नवनाई विश्व विद्यालयलाई सत्तारुढ पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाउने कार्य तुरन्त बन्द गरियोस्।
२. सबै अवाञ्छित नियुक्तिहरु बदर गर्ने।
३. शैक्षिक क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्न राजनैतिक हस्तक्षेप र भागवण्डा बन्द गर्दै स्वच्छ, मर्यादित र प्राज्ञिक वातावरण कायम गरियोस्।
४. ने.वि.संघ र त्रि.वि.बीच विभिन्न समयमा भएका सहमतिहरूको पूर्णरुपमा पालना गर्ने।
५. त्रि.वि.को गौरवमय अंग त्रि.वि शिक्षण अमाललाई कोरोनाको कारण देखाई अन्य बिरामीहरुलाई उपचार पाउनबाट वञ्चित गरिएकोमा, नियमित सेवा तुरुन्त सुचारु गरियोस्।
६. त्रि.वि. शिक्षण अस्पतालमा विद्यार्थीको अध्ययन, अध्यापन र सिकाइ प्रक्रियासँग जोडिएको अत्यन्तै संवेदनशील नाक, कान, घाँटी तथा हाड जोनीको अवरुद्ध उपचार तुरुन्त सुचारु गरियोस।
७. शैक्षिक सत्र ऐकेडेमिक इएर नियमित राख्न तथा यसको अवधि निर्धारण गर्न त्रि.वि. को योजना तथा अवधारणा तुरुन्त सार्वजनिक गर्ने।
८. त्रि.वि. अन्तर्गतका सवै संकायका वार्षिक एवं सेमेस्टर प्रणालीमा संचालित शैक्षिक कार्यक्रमको परीक्षा संचालन र नतिजा प्रकाशन सम्बन्धमा अविलम्ब ठोस कार्य योजना तय गरी विद्यार्थीलाई अर्को सेमेस्टर पढ्ने वातावरण तयार गर्ने। सेमेस्टर प्रणालीका आत्मा भनेकै कन्टिन्युस लर्निङ एण्ड कन्टिन्युस इभ्यालुएसन भएकोले प्राध्यापकको मूल्याकन लाई वैज्ञानिक बनाउने कार्य योजना तय गर्ने।
९. अन्तराष्ट्रिय मापदण्ड अनुरुप सेमेष्टर प्रणालीमा परीक्षाको अनुगमन र मुल्याकनको जिम्मा सम्बन्धित विषय समितिलाई दिने व्यवस्था गरियोस।
१०.ह त्रि.वि. सेवा आयोगलाई निश्पक्ष, विश्वसनीय र सम्मानीत बनाइयोस।
११.वन्द रहेको पठन पाठनलाई उपलब्ध साधनहरु, वैकल्पीक माध्यम इ लर्निङ,अनलाईन, रेडियो, टिभी द्वारा सुचारु गरियोस। त्रि.वि का आग्रिम तथा सवै सम्बन्धन प्राप्त क्याम्पसहरुले यस कुराको सुनिश्चितता गरुन। सवै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा इन्टरनेट तथा प्रविधिको पहुच सुनिश्चित गरियोस।
१२. विद्यार्थीहरुको निम्ति निशुल्क इन्टरनेट उपलब्ध गराउन त्रि.वि ले सरकार र सम्बन्धित निकायहरुमा आवश्यक पहल गरी सोको सुनिश्चित गर्ने।
१३. हाल सुरु गरिएको अनलाईन कक्षालाई कोरोना शिक्षाको रुपमा मात्र नभई दिर्घकालीन बनाउन आवश्यक पूर्वाधार तयार गर्दै पाठ्यक्रम तथा प्राध्यापकहरुलाई थप प्राविधि मैत्री बनाईयोस।
१४. विश्व विद्यालयले सुरु गरेको समेस्टर प्रणाली अन्तर्गतको परीक्षाफल प्रकाशनमा एकरुपता कायम गर्ने।
१५. परीक्षा सम्बन्धी विद्यार्थीको उजुरी सुन्न छुट्टै उच्च स्तरीय निकाय गठन गरियोस।
१६. विश्व विद्यालय अन्तर्गतका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नलिने कुराको सुनिश्चितता गरियोस्।
१७. विश्व विद्यालयको परीक्षा प्रणालीलाई पूर्णतः प्रविधि मैत्री, समयानुकुल र वैज्ञानिक बनाउने।
१८. त्रिविले विभिन्न नाममा बाडेको जग्गा र विभिन्न ठाउमा अतिक्रमित जग्गाहरु तुरुन्त फिर्ता ल्याउन गम्भीर पहल गरियोस्।
१९. विश्व विद्यालय अनुदान आयोगबाट अनलाईन कक्षा संचालन गर्न प्राप्त रकमको खर्च सार्वजनकि गरियोस्।
२०. विश्व विद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामा आच आउने गरी वर्तमान सरकारबाट भएका सवै निर्णय रद्ध गरी विश्व विद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता कायम राखियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *