Breaking News

प्रेमराजा, दीपक र डब्बुको भन्देउन धरतीमाई सार्वजनिक (भिडियो)

सार्वजनिक गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीतमा दीपक शर्माको संगीत छ । सविन सुवेदीले यो गीतलाई संगीत संयोजन गरेका हुन् । भन्देउन धरतीमाई गीत…को भिडियो निर्माता कविता देवी महत हुन् । लोक लयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मिठो बाल्यकालको सम्झनामा पुर्याउने संगीतकार दीपक शर्माले बताएका छन् ।

गायक प्रेम राजा महतले पनि यो गीतको शब्द र सँगीतले नै आफुलाई छोएकोरे गीत गाउँदा आफु गाउँमै पुगेको महसुुस भएको छ भने,‘म त लामो समयदेखि अमेरिका बसेको मान्छे । परदेशमा बस्ने जो कोहीलाई पनि यो गीत सुनेपछि गाउँ र बाल्यकालको झलझली याद आउँछ ।’
यस्तै गीतकार डब्बु क्षत्रीले आफु गाउँबाट टाढा शहर तथा प्रदेशमा रहँदा बाल्यकालमा गाउँ घर र आफन्तको सम्झनाले कसरी सताउँछ भन्ने कुरा यो गीतमा उल्लेख गरिएको बताएका छन्,‘गाउँमा बस्दा त्यो सुन्दर बाल्यकालको सम्झना र भोगाईलाई गीतमा प्रस्तुत गरिएको छ । यो गीत सबैको जीवनमा मेल खाने प्रकारको रहेको छ ।’ गीतकार क्षत्रीले भने ।गीतको भिडियो स्टुडियोमा लाईभ छायाँकन गरेर तयार पारिएको छ । गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो भिडियोमा मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ । जसमा मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।

About असल खबर

Check Also

‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति

काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज …

Leave a Reply

Your email address will not be published. Required fields are marked *