भारतमा एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण, ७ सय ६४ को ज्यान गयो

भारतमा एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण, ७ सय ६४ को ज्यान गयो

काठमाण्डौ – भारतमा कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्याले दिनकै रेकर्ड बनाउँदै गएको छ ।

त्यही क्रममा हिजो एकैदिन ५७ हजार १ सय १७ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार भारतमा अहिले १६ लाख ९५ हजार ९ सय ८८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

जसमध्ये ५ लाख ६५ हजार १ सय ३ जनाको उपचार चलिरहेको छ । बाँकी १० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् ।  यस्तै हिजोमात्रै ७ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३६ हजार ५ सय ११ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *