स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना सङ्क्रमण, डाक्टरको रिपोर्ट भने नेगेटिभ

स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना सङ्क्रमण, डाक्टरको रिपोर्ट भने नेगेटिभ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डाक्टरको श्रीमती, छोरा र ससुरालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

डाक्टरमा भने सङ्क्रमण नभएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । सहप्रवक्ता अधिकारीले केही सञ्चारमाध्यममा डाक्टरलाई नै सङ्क्रमण भएको हल्ला फैलिएकोले त्यसको पछि नलाग्न आग्रह गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘केही दिन अघि उहाँ (डाक्टरसाब) वीरगञ्ज जानु भएको थियो, उहाँसहित परिवार अहिले काठमाण्डौ फर्किएको छ । परिवारका तीन सदस्यको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ तर उहाँको रिपोर्ट भने नेगेटिभ आएको छ ।’

डाक्टर केही दिनदेखि बिदामा रहेको र स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकाे पनि मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले उहाँ अझै पनि बिदामा नै रहेका जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *