संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई काेराेना संक्रमण

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई काेराेना संक्रमण

संघीय संसद सचिवालयका प्रवक्तालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ।

केही दिनअघि मात्रै उनी कोरोना संक्रमण फैलिइएको जिल्ला पुगेर काठमाडौं फर्किएका थिए। सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी अध्ययनका लागि तराईका विभिन्‍न जिल्ला पुगेका थिए।

पर्साबाट निर्वाचित उपसमितिका संयोजक प्रदीप यादवलाई पनि केही दिनअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *