पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना सङ्क्रमण, अहिलेसम्म ६५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना सङ्क्रमण, अहिलेसम्म ६५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २१ हजार सात सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाे नियमित प्रेस बिफ्रिङमा कोरोनाका कारण नेपालमा अहिलेसम्म ६५ जनाको मृत्यु भएकाे जनाइएको छ । मन्त्रालयका अनुसार पछिल्लाे पटक मोरङमा दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक/एक जना गरी पाँच जना सङ्क्रमितको मृत्यु भएको हो ।

मोरङको रङ्गेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उपचारकाे लागि कोशी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोशी अस्पतालमै साउन २१ गते उपचारकाे क्रममा मृत्यु भएको हो ।

सर्लाहीको मलङ्गवा ८ का ६५ वर्षीया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारकाे क्रममा निधन भएको मन्त्रालयले जनाएकाे छ । यस्तै धनुषाकाे मिथिला नगरपालिका १० की ७२ वर्षीया वृद्धाको साउन १७ गते उपचारकाे क्रममा ओम अस्पताल काठमाण्डाैमा मृत्यु भएको हो । दम उच्च रक्तचापकी बिरामी उहाँमा निमोनियाको पनि समस्या थियो ।

सप्तरीका ४२ वर्षीय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डाक्टर गाैतमले बताउनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ३३ जनाले कोरोनालाई जितेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको सङ्ख्या १५ हजार तीन सय ८९ पुगेको छ ।

नेपालमा अहिले कोरोनाका ६ हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गरिएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

अहिलेसम्म चार लाख १९ हजार पाँच सय ७५ जनाको पीसीआर विधिमार्फत स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै ६ जिल्ला कोरोनामुक्त छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मुस्ताङ, मनाङ र रुकुम पश्चिममा पछिल्लो समय कोरोनाका सक्रिय सङ्क्रमित नरहेकाे मन्त्रालयका प्रवक्ता गौतमले जानका

Leave a Reply

Your email address will not be published. Required fields are marked *