जोखिम बढे पनि सार्वजनिक गाडीमा भिड घटेन, नियम पालना नगर्ने १ हजारभन्दा धेरै गाडी ‘होल्ड’

जोखिम बढे पनि सार्वजनिक गाडीमा भिड घटेन, नियम पालना नगर्ने १ हजारभन्दा धेरै गाडी ‘होल्ड’

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढे पनि सार्वजनिक गाडीमा हुने भिडभाड कम हुन सकेको छैन । जोर–बिजोर प्रणाली लागू भएपछि गाडीको सङ्ख्या कम हुँदा सार्वजनिक गाडीमा भिडभाड झन् बढेको छ ।
भिडभाड हुने जुनसुकै ठाउँमा पनि कोरोनाको जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डाक्टर लोचन कार्की बताउनुहुन्छ । काठमाण्डौ उपत्यकामा गएको बिहीबारदेखि जोर–बिजोर लागू भएको हो ।
यसैबीच आइतबार जोर–बिजोर प्रणाली नमान्ने एक हजार ५९ वटा गाडीलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ । आइतबार बिजोर गते बिजोर नम्बरका मात्रै गाडी चल्ने भनिए पनि अटेर गरेर जोर नम्बरका गाडी पनि चलाएकाले उनीहरुलाई होल्ड गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नियम अटेर गर्ने गाडीलाई दिनभर होल्ड गरी बेलुका छोड्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *