महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरीमा पनि कोरोना सङ्क्रमण

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सङ्क्रमित प्रहरीलाई सुरक्षित ठाउँमा राखिएको छ । महानगरीय प्रहरी कार्यालय स्रोत भन्छ, ‘एक जनालाई सङ्क्रमण पुष्टि भएको छ, उहाँलाई हामीले सुरक्षित ठाउँमा राखेका छौँ, अरु जानकारी दिन मिल्दैन ।’
अहिले कन्ट्याक ट्रेसिङकाे काम भइरहेकाे महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ ।