काठमाण्डाैमा उपचारका क्रममा मृत्यु भएका धादिङका पुरुषमा काेराेना पुष्टि

काठमाण्डाैमा उपचारका क्रममा मृत्यु भएका धादिङका पुरुषमा काेराेना पुष्टि

काठमाण्डाैकाे ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएका धादिङका पुरुषमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

धादिङकाे नीलकण्ठ नगरपालिका १४ काे धुँवाकाेटका पुरुषकाे उपचारकाे क्रममा ह्याम्स अस्पतालमा मृत्यु भएकाे हाे । रुघाखाेकी र ज्वराे आएपछि गएकाे साउन २६ गते धादिङ अस्पताल गएका उनलाई स्वाब सङ्कलनकाे लागि काठमाण्डाै पठाइएकाे थियाे ।

काठमाण्डौको वीर अस्पताल र शिक्षण अस्पतालमा उपचारकाे लागि भर्ना गर्न नपाएपछि ह्याम्स अस्पताल लगिएको पारिवारिक स्राेतले जनाएको छ । अस्पताल भर्ना भएर उपचारको क्रममा साउन २७ गते बिहान उनकाे मृत्यु भएको र मृत्युपछि स्वाब परीक्षणको प्रतिवेदन आउँदा कोरोना सङ्क्रमण देखिएको हो ।

काेराेना सङ्क्रमितकाे मृत्यु धादिङ जिल्लाकाे पहिलाे घटना हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *