दक्षिणासहित बिदाइ महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई

दक्षिणासहित बिदाइ महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई
Share this

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेकाे छ ।

९५१ रुपैयाँ, ७५१ रुपैयाँ, ५५१ रुपैयाँ, ३५१ रुपैयाँ, २५१ र १५१ रुपैयाँ गरी छ वर्गमा विभाजन गरिएका दुई हजार साधुसन्तलाई दक्षिणासहित शनिवार बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिनुभयो । बाँकी साधुसन्तलाई आज पनि दक्षिणासहित बिदाइ गरिने जनाइएको छ ।

नागाबाबालाई भने दक्षिणासहित २०० ग्राम र १०० ग्रामको पेडासहित बिदाइ गरिएको छ । वरिष्ठ नागाबाबालाई २०० ग्राम र कनिष्ठ नागाबाबालाई १०० ग्रामको पेडासहित बिदाई गर्ने परम्परा छ । यस वर्ष पशुपति क्षेत्रमा १०० जना नागाबाबा आएको संस्थानले जनाएको छ ।

दक्षिणासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन कृष्ण एकादशीका दिन शीतलनिवासमा सङ्कल्प गर्नुभएको सामग्रीसमेत वितरण गरिएको छ ।

पशुपतिमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले खाने, बस्ने, धुनी जगाउने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैबीच पशुपति क्षेत्र विकास कोषले पनि महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको जनाएको छ ।

अन्तिम अपडेट: 2021-March-14 समय 2:02 PM

113 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com