बम विस्फोटक बाट ६ जना घाइते लहानको मालपोत कार्यालयमा

बम विस्फोटक बाट  ६ जना घाइते लहानको मालपोत कार्यालयमा
Share this

सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतवार दिउँसो करिब पौने एक बजेतिर भएको विस्फोटबाट ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी गराउनु भयो

घाइतेमध्ये एक जनाको अवस्था नाजुक रहेको र अरूको अवस्था सामान्य रहेको राजभण्डारीले बताउनुभयो । आफू घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरिसकेको उहाँले बताउनुभयो । विस्फोट कसले गराएको हो भन्ने पहिचान खुलेको छैन ।

तराई मधेशमा सशस्त्र विद्रोह गरिरहेको जनतान्त्रिक गोइत समूहको दोस्राे तहका नेता रामविलास यादवले आइतवार नै जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेकाले त्यही घटनाको प्रतिक्रिया हुन सक्ने आशंका गरेको तर अनुसन्धानपछि थप कुरा थाहा हुने एसपी राजभण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: 2021-March-14 समय 3:50 PM

148 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com