केकीले भनिन् कपाल मुण्डन गरेपछि एकछिन त रोएँ

केकीले भनिन् कपाल मुण्डन  गरेपछि  एकछिन त रोएँ

आफ्नो नयाँ चलचित्रका लागि नायिका केकी अधिकारीले कपाल मुण्डन गरेकी छिन् ।केकीले पहिलो पटक कपाल मुण्डन गरेकी बताइन आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर म आफैलाई सम्हालेँ ।’

नयाँ चलचित्रको नाम भने केकीले अहिले खुलाउन नमिल्ने बताइन् । चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो नितान्तै महिला केन्द्रित चलचित्र हो ।’

 

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि केकीले एक महिना अगाडि नै कपाल मुण्डन गरेकी छिन् । कपाल काटेपछि मानिसहरुबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने आफूलाई वुझ्न मन लागेकाले तस्वीर सार्वजनिक गरेको केकीले बताइन् ।

उनले जानकारी दिएन –‘ मेरो यो गेटअपलाई मानिसहरुले कसरी लिन्छन् भन्ने पनि हेर्नु थियो । तर गेटअप सार्वजनिक भएपछि कसैले मलाई विरामी हो कि भनेर सोचे, कसैले मानसिक रुपमा तनाव भएको हो कि भनेर सोचे । केटा जस्तो देखियो भनेर कसैले प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए । मानिसहरुको प्रतिक्रियाले मलाई झनै उत्साहित बनाएको छ ।’

वैशाखबाट छायांकनमा जाने चलचित्रका लागि यति चाडै कपाल किन मुण्डन गर्नुभयो त भन्ने प्रश्नमा केकीले भनिन्–‘हामीले चाडै नै फोटोसुट पनि गर्नुछ । यसैले पनि कपाल केही समय अगाडि नै काट्नुपर्यो ।’

केकी आफू सधै नै फरक–फरक भूमिका निर्वाह गर्न तयार रहेकाले पनि आफूले माया गरेको कपाल काट्न तयार भएको बताउँछिन् । केकीले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ । आफ्नो छायांकनको काम सकिएपछि कपाल मुण्डन गरेको केकीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *