शिव, गौरी र सलोन अब डाँडाको वरपीपल मा

शिव, गौरी र सलोन अब  डाँडाको वरपीपल मा

नेपाली चलचित्र ‘डाँडाको वरपीपल’को शुभसाइत गरिएको छ । यस चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने भएका छन् ।बिहिबार काठमाण्डौको एक मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो ।

यो चलचित्रमा नायक शिव श्रेष्ठ, नायिका गौरी मल्लको साथमा कलाकारहरु सलोन बस्नेत, राजीवजंग बस्नेत, यशराज गराचको मुख्य भूमिका रहनेछ । पारिवारिक कथामा चलचित्र बन्ने निर्देशक बस्नेतले जानकारी दिए । चलचित्र ‘धर्मसंकट’मा नायक शिव श्रेष्ठ र नायिका गौरी मल्लले २० बर्ष अगाडि काम गरेपछि एकसाथ काम गरेका थिएनन् ।

 

यस चलचित्रका लागि तीन नायिका र एक नायक केही दिनमा नै फाइनल हुनेछन् । चलचित्रलाई बुढासुब्बा ओरजिनलको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य, नवराज गिरीको गीत रहनेछ ।

चलचित्रलाई ७५ दिन लगाएर खिचिने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रलाई काठमाडौं, कालाबाङ, शे–फोक्सुण्डो ताल र पूर्वी नेपालका विभिन्न स्थानमा खिचिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *