अन्तिम श्रद्धाञ्जली गरिँदै कांग्रेस नेता जोशीको

अन्तिम श्रद्धाञ्जली गरिँदै  कांग्रेस नेता जोशीको

– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।

कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधन भएपछि आकस्मिक केन्द्रीय समिति बैठक बिहान ९ बजेका लागि बोलाएको हो ।

बैठक सानेपा केन्द्रीय कार्यालयमा डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यसैबीच, नेता जोशीको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा टोलमा राखिने भएको छ । त्यसपछि १२ बजेदेखि दिउँसो २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने प्रवक्ता शर्माले बताउनुभयो ।

काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत मष्तिष्कघात भइ जोशीको हिजो बेलुका निधन भएको हो । भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको हिजो बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो । जोशी पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएको हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *