१५२ जनामा थप काेराेना सङ्क्रमण

१५२ जनामा थप काेराेना सङ्क्रमण

गएको २४ घन्टा भित्रमा नेपालमा थप एक सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४२ सय १३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ। हालसम्म कोरोना पोजेटिभ हुने हरुको सङ्ख्या दुई लाख ७७ हजार चार सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप ६५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ५१ पुगेको छ । अहिले नेपालमा १५ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गएको २४ घन्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *