सुनसान हल ३ महिनादेखि , अझै अन्यौलमा फिल्म रिलिज

सुनसान हल ३ महिनादेखि ,  अझै अन्यौलमा फिल्म रिलिज

चलचित्र प्रदर्शकहरुले पौष १० गतेबाट एकतर्फी रुपमा हल खोले । हल खोलेर उनीहरुले केही पुराना चलचित्र रिलिज गरे । पौष २६ गतेबाट हल ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने नेपाल सरकारले निर्णय गर्यो । सरकारले ५० प्रतिशत अकुपेन्सीको नियम हटाएको छैन । कोरोना संक्रमितहरुको संख्या पछिल्ला दिनमा बढ्दै गएकाले पनि यो नियम तत्काल हट्ने संभावना देखिदैन ।

३ महिना भैसक्दा पनि दर्शक हलसम्म पुगेका छैनन् । यो विचमा केही नयाँ र केही पुराना नेपाली तथा हिन्दी चलचित्र रिलिज भए । तर, कुनैले पनि दर्शकको साथ पाएनन् । चलचित्र प्रदर्शकहरुले नयाँ हिन्दी चलचित्र रिलिज हुने र दर्शक हलसम्म पुग्ने आशा थियो । तर, भारतमा दिनमै ६० हजार भन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् ।

 

यसले, एकपछि अर्को हिन्दी चलचित्रको प्रदर्शन मिति पनि स्थगित भएको छ । यसैले, केही महिना नयाँ हिन्दी चलचित्र हलमा आउने संभावना पनि कम देखिन थालेको छ ।

अर्कोतिर, प्रदर्शन मिति तय गरिएका केही नेपाली चलचित्र पनि पोष्टपोन्ड भएका छन् । यसले, सुनसान रुपमै संचालन भैरहेका हलहरुले यस्तो अवस्था कहिलेसम्म बेहोर्न पर्ने हो, यकिन छैन ।

चलचित्र रिलिज फेरि अन्यौलमा देखिएको छ । निर्माण भैसकेका चलचित्रलाई प्रदर्शन गर्न निर्माताले चासो देखाएका छैनन् । यस्तो अवस्थामा नेपाली चलचित्रले अझै केही समय शुन्यताकै अवस्था भोग्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *