आज पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै : आहा रारा गोल्डकप

आज  पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै : आहा रारा गोल्डकप

आजदेखि आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगिताको आज उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब बीच खेल्दैछन् ।

प्रतियोगितामा आठ टिम सहभागी हुनेछन् एक विदेशीसहित प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप-विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *