आंशिकदेखि सामान्य बद्ली हुने पहाडी क्षेत्रकाे मौसम

आज देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने भएको छ।
पहाडी क्षेत्रको मौसम बद्ली हुने भएको स्थानीय वायुको प्रभावका कारणले गर्दा
काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम बद्ली भएता पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश एक र गण्डकी प्रदेशका केही ठाउँमा आज दिउँसो मौसम बद्ली हुने र एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । त्यसतै आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली रहने अनुमान छ ।
एक/दुई दिन मौसम यस्तै रहने पनि महाशाखाले जनाएको छ ।