भारतमा सक्रिय कोरोनाका सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

भारतमा सक्रिय   कोरोनाका सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

भारतमा सक्रिय कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ ।

बितेको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

भारतमा बितेको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । यसै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।

भारतमा हालसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँ रहेका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।

स्वास्थ्य मन्त्री दिल्लीका सत्येन्द्र जैनले बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै तीन दिनमा दुई हजार शय्या थप गरिएको बताउनु भएको छ । यस समयको बिचमा कोरोना महामारीका कारण महाराष्ट्रमा कक्षा ११ को परीक्षा नहुने भएको छ ।

परीक्षा नगरिकन १२ कक्षामा विद्यार्थीलाई पठाइने त्यहाँका शिक्षा मन्त्रीले बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *