फेरि बढ्यो डलरको भाउ

फेरि बढ्यो डलरको भाउ

फेरि अमेरिकी डलरको भाउ बढ्न थालेको छ ।

हिजोको ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य आज ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ । आज नेपाल राष्ट्र बैंकले एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो ।

पछिल्लो साढे ४ महिना यताकै डलरको यो मूल्य महँगो हो । गएको मंसिर २ गते डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेपछि क्रमशः घट्न थालेको थियो । फेरि अहिले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भइ डलरको मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय डलर बलियो हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएपछि भारतीय तथा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकले जनाएको छ ।

भारतमा कोरोना सङ्कटका कारणले गर्दा भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो । नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ ।

तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुको साथै विदेश पढ्न जाने विद्यार्थीलाई भने समस्या पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *