अति हानिकारक अवस्थाबाट केही सुधार , नेपालमा वायु प्रदूषण कम हुँदै

अति हानिकारक अवस्थाबाट केही सुधार , नेपालमा वायु प्रदूषण कम हुँदै

वायु प्रदूषणको अति हानिकारक अवस्थाबाट नेपालमा केही सुधार भएको छ ।

वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई ३ सयभन्दा धेरै भएमा अति हानिकारक मानिन्छ ।

वातावरण विभागले अति हानिकारक अवस्थाबाट सुधार भएर अति अस्वस्थ अवस्थामा झरेको विभागले जनाएको छ ।

एक्यूआई २ सयभन्दा धेरै भएमा त्यसलाई अति अस्वस्थ अवस्था मानिन्छ । नेपालको अहिले एक्यूआई २३४ मापन गरिएको छ ।

वायु प्रदूषण कम हुँदै गएको भए पनि प्रदूषणमा विश्वको सूचीमा पहिलो नम्बर भने कायमै रहेको छ । विश्वकै प्रदूषित काठमाण्डौ सहरमा पहिलो नम्बरमा सूचीकृत भइरहँदा भारतको नयाँदिल्ली दोस्रो स्थानमा रहेको छ ।

यस्तै चीनको सिनयाङ तेस्रो, साउदी अरेबियाको रियाद चौथो र पाकिस्तानको कराँची पाँचौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *