एकैदिन चार लाखमा कोरोना सङ्क्रमण भारतमा, तीन हजार चार सय जनाको ज्यान गयो

एकैदिन चार लाखमा कोरोना सङ्क्रमण भारतमा, तीन हजार चार सय जनाको ज्यान गयो
Share this

भारतमा हिजो शुक्रबार एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच कोरोना परीक्षणको संख्या भारतले तीव्र गतिमा बढाएको छ ।

गएको बिहीवार मात्रै १९ लाख २० हजार जनाको पीसीआर परीक्षण भएको खबरमा उल्लेख छ । यस्तै बुधवार साढे १७ लाखमा परीक्षण भएको थियो । भारतमा अहिलेसम्म २८ करोड ६४ लाख जनामा पीसीआर परीक्षण भएको छ ।

अन्तिम अपडेट: 2021-May-01 समय 8:52 AM

38 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media