वैशाख २१ देखि ३१ गतेसम्म धादिङमा निषेधाज्ञा

वैशाख २१ देखि ३१ गतेसम्म धादिङमा निषेधाज्ञा

काेराेना भाइरसकाे सङ्क्रमण नियन्त्रणका लागि धादिङमा यही वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे छ ।

पहाडी जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय नाघेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन (डीसीसीएमसी) केन्द्रको आइतवारको निर्णयअनुसार निषेधाज्ञा लगाउने जनाएकाे हाे ।

वैशाख २१ गते बिहान ६ देखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयाे ।

नुवाकोटमा पनि वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाइने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *