काेराेना सङ्क्रमणबाट बाँकेमा थप ८ जनाकाे ज्यान गयाे

काेराेना सङ्क्रमणबाट बाँकेमा  थप ८ जनाकाे ज्यान गयाे

काेराेना सङ्क्रमणबाट बाँकेमा थप ८ जनाको ज्यान गएकाे छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार काेराेना सङ्क्रमणबाट खजुरा-७ की ३२ वर्षीया महिला, खजुरा-२ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल-८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजाे राति ज्यान गएकाे हाे ।

यस्तै बाँकेको कोहलपुर-१५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज-५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएकाे हाे । काेराेना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म १३६ जनाको ज्यान गइसकेकाे छ ।

उपचारका लागि बाहिरी जिल्लाबाट आएकामध्ये १२२ जनाको ज्यान गएकाे अस्पतालल‍े जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *