उपचारका लागि काेराेना सङ्क्रमितलाइ काठमाण्डौबाट झापा पुर्‍याइयाे

काठमाण्डौका अस्पतालमा कोरोनाका जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष आईसीयू शय्याकाे चरम अभाव हुन थालेपछि उपत्यकाबाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजान थालिएको छ ।

काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत एक काेराेना भाइरसका सङ्क्रमितलाई साेमवार (आज) झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा लगिएको छ । बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत ‘बेड लिफ्ट’ गरिएको हाे ।

काठमाण्डौका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा ५ का एक सङक्रमितलाई बीएण्डसी अस्पताल लगिएको हो ।

यसअघि ह्याम्स अस्पतालबाट झापाकै एक जनालाई लगिएको थियो । ती सङ्क्रमितको अवस्था सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *