चलचित्र ‘बाबरी’को छायांकन रोकियो

चलचित्र ‘बाबरी’को छायांकन रोकियो
Share this

वैशाखको ६ गतेबाट छायांकन सुरु गरिएको चलचित्र ‘बाबरी’को काम रोकिएको छ । यस चलचित्रको काम आइतबार रोकिएको हो । निर्माणपक्षले भने पहिलो सेड्यूल सकिएको जानकारी दिएको छ । तर, चलचित्रको छायांकन भैरहेको झापामा समेत आइतबार राती १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी भएपछि यसको निर्माणपक्षले छायांकन रोकेको हो ।

छायांकन रोकेर यसको टिम काठमाण्डौ फर्किसकेको छ । नेपालमा छायांकन सकेर सिक्किममा चलचित्रको छायांकन सुरु गर्ने योजनामा यसको निर्माणपक्ष थियो । तर, सिक्किममा पनि अहिले छायांकन गर्ने अवस्था नभएको भन्दै निर्माणपक्षले काम स्थगित गरेको हो ।

चलचित्र ‘आँधी तुफान २’को पनि छायांकन यसअघि स्थगित भएको थियो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भैरहेको चलचित्रमा अदिती वुढाथोकी, धिरज मगर लगायका कलाकारको अभिनय छ ।
निर्माणपक्षले कोभिडको अवस्था सामान्य भएपछि काम अगाडि बढाउने बताएको छ ।

 

अन्तिम अपडेट: 2021-May-05 समय 4:19 PM

180 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com