अन्तर्राष्ट्रिय उडान मध्यरातिबाट बन्द भयो ,चार्टर्ड उडान जारी

अन्तर्राष्ट्रिय उडान मध्यरातिबाट बन्द भयो ,चार्टर्ड उडान जारी
Share this

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु कोरोना संक्रमणको महामारीबीच बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो ।

सरकारले वैशाख मसान्तसम्म कोरोना महामारी नियन्त्रणका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

अन्तिम अपडेट: 2021-May-07 समय 9:52 AM

110 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com