ढिके नुन खाँदै स्थानीय, डोल्पाको आयोडिनयुक्त नुनको डिपो रित्तै

ढिके नुन खाँदै स्थानीय,  डोल्पाको आयोडिनयुक्त नुनको डिपो रित्तै
Share this

डोल्पाका ६ वटा स्थानीय तह, सरकारले अनुदान दिने आयोडिनयुक्त नुन ढुवानी नहुँदा स्थानीय तहका सर्वसाधारण ढिके नुन प्रयोग गर्न बाध्य छन्। आयोडिनयुक्त नुन पाइने डिपोमा नुन नभएपछि महँगोमा ढिके नुन खरिद गरेर प्रयोग गर्न बाध्य भएको स्थानीयको गुनासो छ।

मुड्केचुला गाउँपालिका–७ का रामबहादुर सिंहले डिपोमा नुनका लागि जतिपटक गए पनि सधै छैन भन्ने जवाफ आउने गरेको बताए। यहाँको मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुल्ला गाउँपालिकाको काइगाउँ, त्रिपुरासुन्दरी गाउँपालिकाको लिकु र उपल्लो डोल्पाका स्थानीय तहका लागि तिन्जेमा आयोडिनयुक्त नुनको डिपो छन्। त्यस्तै, तिन्जेबाट टाढा रहेको फोक्सुण्डो, सालदाङका लागि क्याटोबाट नुन वितरण हुने गरेको छ।

साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेड डोल्पाका प्रमुख प्रकाशबहादुर धामीका अनुसार सरकारले सदरमुकाम दुनैमा ३०० क्विन्टल, जुफालमा २०० क्विन्टल, त्रिपुरासुन्दरीको लिकुमा ४५० क्विन्टल, मुड्केचुलाको सर्मी ३०० क्विन्टल र जगदुल्लाको काइगाउँ २५० क्विन्टल आयोडिनयुक्त नुनको कोटा निर्धारण गरेको छ।

अन्तिम अपडेट: 2021-May-12 समय 9:58 AM

178 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com