साईबर क्राईम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
धादिङ,२७ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा एक दिने साईबर क्राईम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय साईबर क्राईम सम्बन्धी अपराध बढीरहेकोले त्यसको न्युनीकरणको लागि विद्यार्थीहरुलाई जानकारी गराउनको लागि कार्यक्रमको आयोजना गरीएको हो ।
प्रहरी दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ माविको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धी जानकारी गराईएको शिक्षक नायक राजेन्द्र रानामागरले जानकारी दिनुभयो । सहभागीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङका पुरुषोत्तम अगस्ती र छवी थापाले साईत्रर क्राईम भेनको हे हो ? यसबाट कसरी बच्ने, उजुरी दिने तरिका र प्रविधिहरुको प्रयोग लगायत लागुऔषधको विषयमा सहजिकरण गर्नुभएको थियो ।
नीलकण्ठ युवा रेडक्रस सर्कलका अध्यक्ष दिपेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ,विद्यालयका प्रधानाध्यापक धु्रव अधिकारी र कक्षा ११ र १२ का संयोजक विष्णु प्रसाद रिजालको आतिथ्यता रहेको थियो
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारकम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित
- समाचार२०८० चैत्र १५, बिहीबारआशा जगाउने गरी काम गरौँ : प्रधानमन्त्री (भिडियोसहित)
- समाचार२०८० चैत्र १५, बिहीबारइलाम-२ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार