कोरोना संक्रमणबाट नायिका स्वेता भट्टराईका श्रीमान् मिलनको निधन

कोरोना संक्रमणबाट नायिका स्वेता भट्टराईका श्रीमान् मिलनको  निधन
Share this

चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिकामा काम गरेकी नायिका स्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको कोरोनाका कारण निधन भएको छ । उपचारका क्रममा मंगलबार काठमाडौंको एक अस्पतालमा उनको निधन भएको हो ।

केही दिन अगाडि उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । शरीरमा अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार ३ बजे निधन भएको हो ।

मिलन र स्वेताले ७ बर्ष अगाडि लभ म्यारिज गरेका थिए । उनको एक सन्तान पनि छन् । चलचित्रमा काम गर्दा गर्दै बैबाहिक जीवनमा बाँधिएपछि स्वेता चलचित्र क्षेत्रबाट टाढा भएकी थिइन् ।

मिलनलाई सामाजिक संजालमा चलचित्रकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

अन्तिम अपडेट: 2021-May-13 समय 4:18 PM

213 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com