दैनिक १ सय ७५ संक्रमितका शव पशुपतिमा जल्छन्

दैनिक १ सय ७५ संक्रमितका शव पशुपतिमा जल्छन्

कोभिड १९ को संक्रमण हुनेको संख्या पछिल्लो समय बढेसँगै मृतकको संख्या पनि बढिरहेको छ। मृतकको संख्या बढेसँगै संक्रमितकाे शव खुला स्थानमा जलाउन थालिएको छ।

यस अघि विद्युतीय शवदाह गृहमा मात्रै संक्रमितकाे शव जलाउने गरिएको थियाे।तर अहिले चाप बढेपछि बागमती किनारमा दाउरामा शव जलाउन थालिएको हो। जसले गर्दा अहिले दैनिक दाउराको खपत झण्डै चार गुणाले बढेको छ।

पशुपति क्षेत्र विकास कोष विद्युतीय शवदाह गृहका प्रमुख सुवास कार्कीले अहिले दैनिक २० हजार देखि ३२ हजार किलो सम्म दाउरा खपत हुने गरेको जानकारी दिए। उनका अनुसार एउटा शव जलाउन दुई सय ५० किलो भन्दा बढी दाउरा खपत हुन्छ।

गत फागुन महिना अघिसम्म दैनिक सरदर ९ हजार किलोसम्म दाउरा खपत हुने गरेको थियो। तर, हाल भने कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि दाउराको खपत ह्वात्तै बढेको हो। उनले अहिले दैनिक ३२ हजार किलो दाउरा आइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *