आज साढे २ बजे प्रधानमन्त्री ओलीको शपथ

आज साढे २ बजे प्रधानमन्त्री ओलीको शपथ
Share this

आज पद तथा गोपनियताको शपथ ग्रहण प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

ओलीले तेस्रो पटक प्रधानमन्त्री बनेका दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । आजै शपथपछि उनले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । अन्य दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

अन्तिम अपडेट: 2021-May-14 समय 9:38 AM

120 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com