आज सार्वजनिक बिदा गण्डकी प्रदेशमा

आज सार्वजनिक बिदा गण्डकी प्रदेशमा

आज गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *