सात जनाको मृत्यु २०० जना घाइते चीनमा आँधीबेहरी चल्दा

सात जनाको मृत्यु २०० जना घाइते चीनमा आँधीबेहरी चल्दा

चीनको मध्य र पूर्वीक्षेत्रमा चलेको दुईवटा आँधीबेहरीमा कम्तिमा सात व्यक्तिको ज्यान गएको छ भने २०० भन्दा धेरै मानिस घाइते भएका छन्‌।

त्यहाँ ६ जना व्यक्तिको मृत्यु भएको र २१८ जना घाइते भएको वुहान सरकारले जानकारी दिएको छ। यही शहरमा सन् २०१९ को अन्त्यतिर कोरोना भाइरसको पहिलो मामिला भेटिएको थियो।

प्रतिघण्टा ८६ किलोमिटर गतिमा चलेको आँधीबेहरीले निर्माणस्थल र रूखबिरूवामा धेरै क्षति पुर्‍याएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्‌।

​वुहानअघि जियाङ्सु प्रान्तको सेङ्‌गाजे शहरमा पनि आँधीबेहरी चलेको थियो। सो आँधीबेहरीमा एक जनाको मृत्यु र २१ जना घाइते भएका प्रान्तका अधिकारीहरूले जानकारी दिएका छन्‌।

Leave a Reply

Your email address will not be published. Required fields are marked *