दैनिक सङ्क्रमण र मृत्युदर केही घट्यो भारतमा

दैनिक सङ्क्रमण र मृत्युदर केही घट्यो भारतमा

कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युदर भारतमा केही घटेको छ । दैनिक चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि र चार हजारभन्दा धेरैको ज्यान जान थालेको भारतमा केही दिनदेखि सङ्ख्या घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको विवरण अनुसार भारतमा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिए भने तीन हजार आठ सय ९० जनाको ज्यान गएको छ । भारतले गएको जनवरीमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको थियो । अहिलेसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक चार लाखसम्म पुगे पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर सङ्क्रमित धेरै देखिएका दिल्ली, मुम्बई लगायतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यु लगाएका छन् ।

कोरोनाको ठूलो संकट सामना गरिरहेको भारतमा अहिले अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *