नेपालमा पनि देखिन थाल्यो अरब सागरमा विकसित आँधीको प्रभाव

नेपालमा पनि देखिन थाल्यो अरब सागरमा विकसित आँधीको प्रभाव
Share this

अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको छ । तौ ते नाम गरेको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाण्डौ उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

आकाशको उचाइमा अहिले सेतो, गह्रा–गह्रा परेको बादल छ, त्यो अरब सागरबाट आएको बादल हो, कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू हो’, अर्यालले भन्नुभयो ।

सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने मौसमविद् अर्यालले जानकारी दिनुभयो । पर्सि बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकोले भरे बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभावबारेमा थप थाहा हुने मौसमविद अर्यालले बताउनुभयो ।

अन्तिम अपडेट: 2021-May-17 समय 7:55 AM

199 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com