ललितपुर महानगरमा जेठ ६ देखि १३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान

ललितपुर महानगरमा जेठ ६ देखि १३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान
Share this

आउँदो बिहिबारदेखि ललितपुर महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

नगर कार्यपालिकाको बैठकले जेठ ६ गते बिहिबारदेखि जेठ १३ गतेसम्म खोप लगाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । यस अघि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप दिन लागेको महर्जनले बताउनुभयो ।

महानगरपालिकाले २९ वटै वडाहरुमा खोप केन्द्र राखेर सकेसम्म कम भिडभाड हुने गरी खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: 2021-May-17 समय 1:27 PM

139 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com