देशभर वर्षा र हिमाली भेगमा हिमपाताको सम्भावना : चक्रवात ताउ-तेको प्रभाव

देशभर वर्षा र हिमाली भेगमा हिमपाताको सम्भावना  : चक्रवात ताउ-तेको प्रभाव
Share this

अहिले नेपालको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा पश्चिमी न्यून चापीय प्रणाली र भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ–तेको प्रभाव छ।

जसका कारण बुधबार बिहान प्रदेश १ र प्रदेश २ मा मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर मौसम बुधबार दिउँसो बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।

महाशाखाले जनाएअनुसार राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेश र बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

अन्तिम अपडेट: 2021-May-19 समय 6:46 AM

28 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media