आज बिहान पनि लमजुङको भुलभुलेमा भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प

आज बिहान पनि लमजुङको भुलभुलेमा  भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प
Share this

आज बिहान पनि लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर परकम्प गएको छ ।

बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । परकम्प बिस्तारै अब कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिनुभयो । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो ।

त्यसपछि भने परकम्प जाने क्रम केही कम भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चार रेक्टर स्केलको ६ वटाभन्दा धेरै परकम्प गएको छ भने अरु परकम्प चार रेक्टर स्केलको भन्दा साना रहेका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले घर भत्काउँदा हिजो बेसीसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका थिए ।

अन्तिम अपडेट: 2021-May-20 समय 9:52 AM

273 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com