प्रशासनको आग्रह कोरोनाको नाममा आफू खुसी चन्दा संकलन नगर्न

प्रशासनको आग्रह कोरोनाको नाममा आफू खुसी चन्दा संकलन नगर्न
Share this

विभिन्न शीर्षकमा चन्दा संकलन कार्य भइरहेको भन्दै त्यस्ता कार्य नगर्न जिल्ला प्रशासन कार्यालय सल्यानले आग्रह गरेको छ।

कोरोना महामारीका बेला अस्पताललाई सहयोग गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने, बिरामीलाई पोषिलो खाने कुरा वितरण गर्ने र एम्बुलेन्स उपलब्ध गराउनेलगायतका विभिन्न शीर्षकमा चन्दा संकलन भइरहेकोप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले सूचना जारी गरी व्यक्ति विशेषले यस प्रकारको कार्य गर्नु चन्दा ऐन २०३० विपरीत भएकाले चन्दा नदिन र नलिन सर्वसाधारणलाई आग्रह गरेको छ। कसैले प्रशासनको उक्त आग्रह नमाने प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिइएको छ।

सामाजिक सञ्जालमार्फत पछिल्लो समय विभिन्न शीर्षकमा चन्द रकम दिन आग्रह गरिएको छ। कुनै व्यक्तिले स्वेच्छिक रुपमा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवारमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सकिने र जम्मा गरेपछि जम्मा गरेको भौचरको फोटोकपी कार्यालयलाई उपलब्ध गराउनु समेत प्रशासनले आग्रह गरेको छ।

अन्तिम अपडेट: 2021-May-21 समय 8:13 AM

196 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com