संसद विघटनविरुद्ध कांग्रेसको निर्णय कानूनी र राजनीतिक लडाइँ लड्ने

संसद विघटनविरुद्ध कांग्रेसको निर्णय कानूनी र राजनीतिक लडाइँ लड्ने
Share this

संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त शनिबार बिहान बसेको बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानूनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो । बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानूनी लडाइँ लड्छौं ।’

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । त्यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपील समेत गरेको छ ।

अन्तिम अपडेट: 2021-May-22 समय 1:04 PM

187 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com