आजको पहाडी भू-भागमा वर्षाको सम्भावना

आजको पहाडी भू-भागमा वर्षाको सम्भावना
Share this

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशका आज पहाडी भू–भागमा क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भाग सामान्यताय सफा रहेको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अन्तिम अपडेट: 2021-May-23 समय 7:56 AM

211 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com