प्रधानमन्त्री ओली भन्नुभयो केही व्यक्तिले गाली र अपशब्दलाई देशको संस्कार बनाउन खोजे

प्रधानमन्त्री ओली भन्नुभयो केही व्यक्तिले गाली र अपशब्दलाई देशको संस्कार बनाउन खोजे
Share this

विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाउनुभएको छ । आइतवार बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको जिकिर गर्नुभयो ।

अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको नेपालजस्तो देशमा चरित्रहीन राजनीति भइरहेको ओलीको दाबी छ । ‘अत्यन्तै तल झरेर चरित्र हत्या गर्ने काम भयो, म आश्चर्यमा परिरहेको छु, गणतन्त्रमाथिका यस्ता अवाञ्छित क्रियाकलाप सुहाउने कुरा हुन ?’, ओलीले भन्नुभयो, ‘गालीगलौज, चरित्र हत्या, अपशब्दजस्ता चरित्रहीन कुरालाई संस्कार बनाउने प्रयास भयो । यो देशका निम्ति र गौरवपूर्ण सभ्यताका लागि नै चुनौती हो ।’

यस्तै प्रधानमन्त्री ओलीले देशमा कोरोना महामारी अत्यन्तै भयावह अवस्थामा रहेको बेलामा केही व्यक्तिको स्वार्थका लागि सरकार र देशलाई नै बन्धक बनाउने काम भइरहेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: 2021-May-23 समय 3:03 PM

49 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media