कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा तीन लाख नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा तीन लाख नाघ्यो
Share this

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण भारतमा मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्यु भएको हो । सो अवधिमा कोरोनाका २ लाख २२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यस सँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने २७ लाख २० हजारमा झरेको छ ।

बितेको २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २६ हजारभन्दा धेरै छ । कर्नाटक र केरलामा २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा आन्ध्र प्रदेशमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।

पछिल्लो केही समययता भारतमा निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, मृत्युदर भने अझै पनि घटेको छैन ।

 

अन्तिम अपडेट: 2021-May-24 समय 11:54 AM

175 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com