बेलायती प्रधानमन्त्री सुनक तेल अविवमा

बेलायती प्रधानमन्त्री सुनक तेल अविवमा
इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुग्नुभएको छ ।
प्रधानमन्त्री सुनकले अक्टोबर ७ मा इजराइलमा भएको रकेट हमलामा इजराइल र गाजामा भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्ने र आफ्ना इजराइली समकक्षी बेन्यामिन नेतान्याहु र इजराइली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट्नु हुने उहाँको कार्यालयले जनाएको छ ।
“प्रत्येक नागरिकको मृत्यु एउटा त्रासदी हो र हमासको भयानक आतङ्कवादी क्रियाकलापपछि धेरै मानिसको मृत्यु भएको छ”, रोयटर्सका अनुसार तेल अविव भ्रमण गर्नुअघि प्रधानमन्त्री सुनकले एक विज्ञप्तिमा भन्नुभयो ।
यसका अतिरिक्त प्रधानमन्त्री सुनकले चाँडोभन्दा चाँडो गाजामा मानवीय सहायता पठाउन अनुमति दिन र गाजामा फँसेका बेलायती नागरिकहरूलाई बेलायत प्रस्थान सम्भव बनाउन मार्ग खोल्न आह्वान गर्नुहुने पनि रोयटर्सले जनाएको छ ।
यसअघि सामाजिक सञ्जाल एक्समा सुनकले सयौँको ज्यान जाने गरी गाजाको अस्पतालमा भएको हमलाको निन्दा गर्नुभयो । “अल अहबी अस्पतालको दृश्यबाट हामी सबै स्तब्ध भएका छौँ, हाम्रा जासुसी संयन्त्रले तथ्यहरूको स्वतन्त्ररूपमा स्थापित गर्न तीव्ररूपमा विश्लेषण गरिरहेको छ”, उहाँले भन्नुभयो ।
हरेक दिन युद्ध क्रुर हुँदै जाँदा दुवै पक्षका हजारौँ मानिस मारिएका छन् ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  मध्यपूर्वमा सल्केको युद्धको डढेलो अझ भयावह बन्दै