बुधबारको चन्द्र ग्रहण किन विशेष छ ?

बुधबारको चन्द्र ग्रहण किन विशेष छ ?
Share this

चन्द्रग्रहण लाग्दैछ मे २६ बुधबारको दिन । यस पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ ।

यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्नेछ । अनि जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ ।

बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो । यस अघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । यस पटकको चन्द्रग्रहण भने नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ । तसर्थ , उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिने छ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ ।

अन्तिम अपडेट: 2021-May-25 समय 8:28 AM

144 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com