कर्जा असुलीमा अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको निर्देशन निषेधाज्ञा सकिएको सात दिनसम्म

कर्जा असुलीमा अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको निर्देशन निषेधाज्ञा सकिएको सात दिनसम्म
Share this

ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत मिलेको छ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेका ऋणीलाई कुनै पनि प्रकारको थप शुल्क, जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन पनि निर्देशन दिएको छ । ऋणीलाई कुनै पनि कर्जामा जरिबाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको ब्याजदरमा परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ । यसैगरी लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीलाई समेत केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले राहत दिएको छ । लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिइएको छ ।

अन्तिम अपडेट: 2021-May-26 समय 8:45 AM

176 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com