किसान चिन्तित निषेधाज्ञाले बारीमै सड्दै तरकारी

किसान चिन्तित निषेधाज्ञाले बारीमै सड्दै तरकारी
Share this

सल्यानका किसानले उत्पादन गरेको तरकारी प्रशासनले निषेधाज्ञा जारी गर्दा बिक्री हुन नसकी बारीमै सड्न थालेको छ। विश्वभर फैलिएको कोभिड १९ को संक्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लिन तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका छन्।

बजारसम्म तरकारी पुर्‍याएको पनि बिक्री नभएपछि तरयकारी बारीमै सड्न थालेको शारदा नगरपालिका ६ बरलाका किसान लोकबहादुर भण्डारीले बताए। १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उनको भनाइ छ। उनले भने, ‘बजार सबै बन्द छन् को आएर हाम्रो तरकारी किनिदिने हो र? किन्ने मान्छे नै आउँदैनन्।’

गएको वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्‍याएको उनको भनाइ छ। यस वर्ष कोरोनाले धेरै मानिसको मृत्यु भएका कारण पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उनको भनाइ छ।

१४ रोपनीमा लगाएको मुला, काक्रो, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएका भण्डारीले बताए। गत वर्ष लकडाउन भएपनि ८ लाख आम्दानी भएको भए पनि यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ।

अन्तिम अपडेट: 2021-May-26 समय 11:26 AM

259 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com