६ हजार ८० जना थप सङ्क्रमित निको, ४ हजार ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि

६ हजार ८० जना थप  सङ्क्रमित निको, ४ हजार ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि
Share this

बितेको २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको भएका छन् । यस सँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।

बितेको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सहित कोरोना सङ्क्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

मन्त्रालयका अनुसार थप १ सय १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ७ हजार १ सय ६३ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर १ लाख १५ हजार ५ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: 2021-May-29 समय 5:17 PM

123 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com